ताजा अपडेट »

गुल्मीमा फरार अपराधी ४ बर्षपछि पक्राउ

सोमबार, १० फागुन २०७७, १७ : १६
4 Shares

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले एक जना फरार अपराधी चार बर्षपछि पक्राउ गरेको छ । गुल्मी दरवार गाउँपालिका २ गणेश भन्ने हुतराज गौतमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रबिणलाल श्रेष्ठले जानकारी दिए ।

गौतमलाई बहुबिबाह मुद्दामा जिल्ला अदालत गुल्मीले ०७३ बैशाख १२ गते ११ महिना ८ दिन कैद सजाय सुनाएको थियो। गौतमले पहिलो बिहे ०७१ र दोर्सो बिहे ०७३ सालमा गरेका थिए । लुकिछिपी बसेको अबस्थामा गौतमलाई पक्राउ गरेर अदालत बुझाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

त्यस्तै प्रहरीले लागु औषद मुद्दाको फरार प्रतीबादी जिल्लाको चन्द्रकोट गाँउपालिका वडानम्बर–७ डाँडा पोखरा बस्ने ३५ वर्ष को दिल बहादुर परियार नियन्त्रणमा लिएको छ । परियारको लागु औषद मुद्दामा ४ महिना २९ रहेको उपरीक्षक (एसपी) श्रेष्ठले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।