ताजा अपडेट »

दोहोरो अंकको आर्थिक वृद्धिका लागि महासंघको योजना

सोमबार, १० फागुन २०७७, १७ : ०२
8 Shares

बुटवल । नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छाले मुलुकमा दोहोरो अंकको आर्थिक वृद्धिदर गर्दै ४ लाख बढी रोजगार सिर्जना गर्नेगरी लक्ष्य निर्धारणको काम भइरहेको बताएका छन् । मुलुकमा आर्थिक समृद्धिका लागि उद्योगी व्यवसायीहरु विकास अपरिहार्य रहेकोमा जोड दिँदै उनले सोही अनुसार महासंघले प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराए ।

आफू महासंघको अध्यक्ष भएपछि निजी क्षेत्रको विकासका लागि दिर्घकालिन सोचका साथ योजना निर्माणको काम भइरहेको बताउँदै कही समय भित्रै निर्धारित लक्ष्य तथा योजना प्रस्तुत गर्ने तयारीमा रहेको बताए । बैंकर्सहरुसँग सम्झौता गरी व्यवसायीहरुलाई सस्तो र सरल रुपमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाउने, राजस्व सम्बन्धि समस्या समाधान, औद्योगिक क्षेत्रमा विभिन्न समयमा हुने गरेका श्रम समस्याहरुको समाधानका लागि श्रम सम्बन्ध तथा उद्योगी व्यवसायीहरु बीच सम्बन्ध कायमका लागि मेलमिलाप केन्द्र स्थापनाको तयारीमा लागेको उनले बताए ।

श्रम सम्बन्धबाट विगतका उद्योग क्षेत्रहरुमा विभिन्न बहानामा हुने आन्दोलन, हर्ताल लगायतले उत्पादनमा ह्रास आउनुका साथै निजी क्षेत्र धरासायी बन्ने अवस्था आएको बताउँदै त्यसलाई सम्बोधन गर्ने गरी काम गरिएको उनले बताए । यसैगरी मेलमिलाप केन्द्रको स्थापना गरी उद्योगी व्यवसायीहरु बीचका समस्याहरु, लेनदेन सम्बन्धि समस्या लगायतका मुद्दाहरुलाईलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने गरी न्यायलयसँग सहमती मागेरै केन्द्र स्थापना गर्न लागिएको उनले बताए ।

बुटवल उद्योग वाणिज्य संघको सोमबारदेखि सुरु भएको २४ औं अधिवेशन तथा ६७ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै गोल्चाले नयाँ नेतृत्व सहमतीका आधारमा निर्माण गर्न आग्रह गरेका छन् । संघको नयाँ बन्ने नेतृत्वमा चनावी प्रतिस्पर्धा हुने अवस्था देखिएपछि उनले सकेसम्म सहमतीमा नेतृत्व चयन गर्न आग्रह गरेका हुन् ।

लिखित रुपमा सुझाब पेश गर्न आग्रह
लुम्बिनी प्रदेश योजना आयोगले निजी क्षेत्रका समस्याहरु समाधानका लागि बन्दै गरेको आगामी वर्षको योजनामा लिखित रुपमा सुझाव पेस गर्न आग्रह गरेको छ । आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले निजी क्षेत्रहरुका समस्या तथा सुझाबहरुलाई समावेश गर्ने प्रतिवद्धता जनाउँदै लिखित रुपमा सुझाबको माग गरेका हुन् ।

आगामी वर्षका लागि योजना निर्माणको काम भइरहेको हुँदा १५/२० दिनभित्रै सुझाब पेस गरी सहयोग गर्न उनले आग्रह गरेका हुन् । बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा तथा अधिवेशनका अवसरमा बोल्दै उनले मञ्चका भाषण्हरुमा नभई लिखित रुपमा सुझाबहरु पेस भएमा त्यसलाई लागूगर्न योजना आयोग तयार रहेको बताए ।

सरकारले उद्योगीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले निः शुल्क उद्योग दर्ता गर्ने व्यवस्था मिलाएपछि नयाँ उद्योगहरु दर्ता हुने क्रम बढे पनि सञ्चालनमा आउने क्रम घटेकोमा चिन्ता व्यक्त गरे । दर्ता भएका उद्योगहरु सञ्चालनमा नआउनुका कारणहरु पहिचान गर्दै समस्यामा समाधानका लागि उद्योग वाणिज्य संघले आफ्नो क्षेत्रबाट पहल गर्न उनले आग्रह गरे । लुम्बिनी प्रदेश सरकारले औद्योगिक क्षेत्रको विकासका लागि रुपन्देहीको मोतिपुर निर्माण गर्न लागेको औद्योगिक क्षेत्रको काम आगामी हप्ताबाट सुरुवात हुन लागेको जानकारी गराए ।

निजी क्षेत्रलाई साथमा लिएर प्रदेशको आर्थिक समृद्धिमा जाने सरकारको योजना रहेको बताउँदै उनले सिमा नेपाल भारत खुल्ला सीमाका कारण सिर्जना भएको समस्याका बारेमा समेत चिन्ता व्यक्त गरे । खुल्ला सीमाका कारण हुने समस्या समाधानका लागि त्यस क्षेत्रका जनतालाई नै सचेत गराउन आवश्यक रहेको उनले औल्याए ।

https://www.globalaawaj.com/archives/84145
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।