ताजा अपडेट »

अधिकांश बलात्कार परिवार र चिनजानबाट

सोमबार, १० फागुन २०७७, ०७ : ३७
6 Shares

काठमाडौं । ०७४/७५ मा १ हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए। तीमध्ये १ हजार २ सय ९० वटामा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ। ३  सय ८४ वटामा चिनजानबाहिरका व्यक्ति संलग्न देखिए।

०७५/७६ मा २ हजार ५ सय ७० वटा घटना भए। तीमध्ये २ हजार ७३ वटामा चिनेजानेकै र ५ सय ३२ वटा बाहिरका व्यक्तिको संलग्नता भेटियो।

०७६/७७ मा २ हजार ४ सय ४९ वटा घटना भए। प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार १ हजार ९ सय ५२ वटामा चिनजानकै व्यक्तिको संलग्नता पाइयो। बाँकी घटना चिनजान नभएका व्यक्तिले गराएको प्रवक्ता कुँवरको भनाइ छ।
 
चालु वर्षको पुससम्म १ हजार ४ सय २७ वटा घटना प्रहरीमा दर्ता भएका छन्। यी घटनामा पनि चिनेजानेकै व्यक्ति बढी संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरी प्रवक्ता कुँवरका अनुसार यो तथ्यांक हेर्दा १ हजार १ सय ४३ घटनामा चिनेजानेकै र २ सय ८४ वटामा चिनजान नभएका व्यक्ति संलग्न देखिएका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।