ताजा अपडेट »

सेन्ट्रल लुम्बिनीद्वारा ‘मेरो सहर सफा सहर’ अभियान

आइतबार, ०९ फागुन २०७७, २१ : ०२
4 Shares

भैरहवा । रोट्रयाक्ट क्लवअफ सेन्ट्रल लुम्बिनीले नेतृत्वविकास तथा उत्प्रेरणात्मक तालिम गरेको छ । क्लवका पदाधिकारी तथा सदस्यहरुकालागि आयोजित तालिममा प्रशिक्षक दिनेश खड्काले सकारात्मक सोँच, सफलताकालागि अपनाउनुपर्ने उपायहरु तथा नेतृत्व विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए । क्रियाकलापमा आधारित रहेको तालिममा ६० जनाको सहभागिता रहेको थियो ।

क्लवका अध्यक्ष बाबुराम खनाल अतितको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष हिरा बहादुर शाह, पूर्व अध्यक्ष कृष्ण पाण्डे, कार्यक्रम संयोजक उपेन्द्र यादव लगायएले बोल्दै नेतृत्वविकासका लागि तालिम अत्यन्तै उपयोगी भएको बताए । कार्यक्रममा सह–कोषाध्यक्ष अस्मिता अधिकारी, सदस्यहरु प्रदिप सापकोटा, समसुद्धिन शेख लगाएतका सहभागीहरुले तालिमको अनुभव सुनाएका थिए ।

यसैबीच तालिममा सहभागीहरुले ‘मेरो सहर सफा सहर अभियान’ सुरु गरेका छन् । तालिममा सिकेको सीपलाई व्यवहारमा परिवर्तन गर्नकालागि अभियान सुरु गरिएको क्लवका अध्यक्ष अतितले बताए । सहरमा हुने फोहोर–मैला व्यवस्थापनका लागि क्लवले समन्वयात्मक भूमिका खेल्ने भन्दैे उनले यस कार्यका लागि सबैलाई सहयोग गर्न आग्रह समेत गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।