February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

लायन्स ईन्टरनेशनलद्वारा समाज सेवी सम्मान, अवार्ड वितरण

417

बुटवल । लायन्स ईन्टरनेशनल ३२५ वि २ नेपालको तेस्रो क्यबिनेट मिटिङ्ग शनिबार भैरहवा सम्पन्न भएको छ । लायन्स इन्टरनेशनल ३२५ बि २ नेपालको डिष्ट्रिक गर्भनर शुम्भु नर्कमीको अध्यक्ष भएको थियो ।

एरिया ४ को आयोजनामा तेस्रो क्याबिनेट सम्मेलन तथा अवार्ड वितरण कार्यक्रम शनिबार लायन्सका अग्रज तथा सबैभन्दा बढी समाजसेवा गर्ने क्लबहरुलाई सम्मान गरेको छ । विभिन्न शिर्षकका वितरण गरिएको थियोे । भैरहवामा आयोजना गरिएको कार्यक्रममा लायन्स इन्टरनेशनल पुर्व डाइरेक्टर सजंय खेतानले लायन्सले नेपालमा शिक्षा, स्वास्थ्य, क्षेत्रमा लगातार काम भएका छन् । कोभिडको समयमा एकैपटक १ करोड ४लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सरकारलाई लायन्स मार्फत सहयोग प्रदान भइसकेको बताए ।

नेपालबाट जम्मा भएको सदस्यता शुल्क भन्दा धेरै रकम नेपालमा प्रोजेक्टहरु मार्फत भित्रिएका बताए । यो सत्यतालाई सबैले बुझ्नुपर्छ । हामीले तिरेको ड्युज भन्दा दोब्बर रकम नेपालमा भित्रिएका छन् । लायन्समार्फत वर्षेनी नेपालमा स्ट्याण्डर्ड ग्राण्डहरु भित्रिएका छन् । लायन्स मार्फत आएको बजेटले नेपाल धेरै उदाहरणीय कार्य भएका छन् । नेपालमा लायन्समा यतिबेला रिडिष्ट्रिकिङ हुँदैछ । यो पनि राम्रो पक्ष हो । अब छिट्टै रिडिष्ट्रिङ हुन्छ । रिडिष्ट्रिकिङ हुँदा धेरै लिडरहरुले लिडरसिपको अवसर प्राप्त गर्छन् ।

ठूलो संस्था हुँदा लिडरहरु धेरै हुनु स्वभाविकै हो । यस्तो अवस्थामा रिडिष्ट्रिकिङले धेरैलाई अवसर प्रदान गर्नेछ भने अर्कोतर्फ धेरै भन्दा धेरै प्रोजेक्ट नेपालमा ल्याउनसमेत सकिनेछ बताए । नेपालमा अझै संस्थालाई बलियो बनाउन सदस्यता बृद्धि गर्न आवश्यक रहेको र नेपालका चार वटै डिष्ट्रिक्टहरुबाट सदस्यता बृद्धिगर्नुपर्ने बताए । त्यतै कार्यक्रमा एरिया लिडर खगेन्द्र सिटौला, मल्टिपल चेयरपर्सन इन्द्र खत्री, निर्बमान गर्भनर अनुप पहारी, पुर्व गर्भनरहरु अरुण प्रताप राणा, डि.के ढुङ्गाना, महेन्द्र नारायण श्रेष्ठ,रमेश अग्रवाल, मधुसुधन शर्मा, फष्ट भिडिजी रामप्रसाद भट्ट, सेकेन्ड भिडिजि सि.बि चन्द लगाएत बोलेका थिए ।

तेस्रो क्यबिनेट मिटिङ्ग बाट १ करोड ४३ लाख बराबरको यो बर्ष सेवा गर्ने बजेट पास भएको र आगामी कन्भेसन चैत्र २८ गते हेटौडा हुने भएको छ । भैरहवामा २६ सय जनाले सहभागिता रहेको एरिया ४ चिफ संदिप कसैधनले बताए । त्यतै क्यबिनेट मिटी हिरो अवाडले संदिप कसौधनलाई गर्भनर सम्भु नर्कमिले सम्मान गरेका थिए । क्यबिनेट मिटिङ्ग सफल बनाउन डिष्ट्रिक एडभाइजर नवराज न्यौपाने र इभालुटेशन हेड बिनोद खरेलको महत्वपूर्ण भुमिका रहेको थियो ।

पछिल्लो अपडेट