ताजा अपडेट »

मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश

आइतबार, ०९ फागुन २०७७, १६ : ३४
4 Shares

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको छ । आइतबार ढिलो गरी बसेको प्रदेश सभा वैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका छन् । मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–नेपाल पक्षले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । यस्तै सत्तारुढ नेकपा ओली पक्षले प्रदेश १ को प्रदेशसभा बैठक बहिस्कार गरेको थियो ।

https://www.globalaawaj.com/archives/83765
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।