ताजा अपडेट »

जनप्रतिनिधिहरुलाई भ्रष्टाचार मुद्दा र पूराना पार्टी प्रतिवन्धित हुनुपर्छ : सिके राउत

आइतबार, ०९ फागुन २०७७, १६ : १४
6 Shares

भैरहवा । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले अहिले नागरिक अगुवाहरुले आन्दोलन गर्ने हो भने भने पहिला सबै पूराना पार्टीहरु प्रतिवन्धित गरि राजाको पाला देखी निर्वाचित जनप्रतिनिधिलाई भ्रष्टाचार मुद्दा लगाउनका लागी हुनु पर्ने बताएका छन् ।

भैरहवामा आइतबार लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा राउतले अहिलेको नागरिक अगुवाहरुको आन्दोलन गुटगत भएको आरोप लगाउदै उनिहरु नागरिकको समस्याबारे नबोलेको बताए । “नागरिक आन्दोलन दल बिषेश, कुनै गुट बिशेषलाई मानेर हुन्न । आन्दोलन गर्ने नै हो भने सबै पार्टीको जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न पूराना पार्टी प्रतिवन्धित गर्न हुनु पर्छ ।” उनले भने । यस्तै उनले प्रतिनिधिसभा विघटनलाई सामान्य घटनाका रूपमा लिन नसकिने बताएका छन् । यसलाई असामान्य र सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा आफूहरूले लिएको उनको भनाइ छ ।

जनताले दुई तिहाइ मत दिएको अवस्थामा काम गर्न बाधा पुगेको भन्नुपर्ने आधार नभएको बताए । नेपालमा व्यवस्था धेरै फेरिएको तर अवस्था नफेरिनुमा सही व्यक्ति चयन गर्न नसक्नु कारण रहेको उनले बताए । पर्दापछाडिका शक्तिबाट नेपालको राजनीति नियन्त्रित रहेको भन्दै राउतले जनप्रतिनिधिले जनताको अपेक्षा पूरा नगरे फिर्ता बोलाउन पाउनुपर्ने र त्यो अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिए । वडादेखि राष्ट्रपतिसम्म प्रत्यक्ष चयन गर्न पाउनुपर्ने उनले बताए ।

ओलीसँग मिलेर जाने कुरा अतिरञ्जीत मात्र हो, राजनितिमा सबैसँग सहकार्य राख्न सकिन्छ, एजेण्डा मिल्यो भने नयाँ बैकल्पीक शक्तिसँग सहकार्य हुन सक्ने बताए । अहिले हामी सर्वोच्च अदालतको निर्णय पर्खिरहेका छौ । फैसला भएर निर्वाचनमा गयो भने निर्वाचनमा जान्छौ होइन भने आउने निर्वाचनको तयारीमा जनमत रहेको अध्यक्ष राउतले भने । राउतको नेतृत्वमा रहेको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनको मूख्य मुद्दा स्वराजको मुद्दा अहिले जनतालाइ सुम्पेको उनले बताए । “जनमतबाट अलग देशको माग आए सोही बमोजिम हुने र अहिले मैले मात्रै मधेश अलग देश हुनु पर्ने भनेर नहुने अवश्था छ ।” राउतले भने ।

जनमत पार्टीले आयोजनाले गरेको आमसभाहरुलाई स्म्बोधन गर्न अहिले सिके राउत मधेश दौडहामा रहेका छन् । ७ गते भैरहवामा, ८ गते परासीमा सम्बोधन गरेका राउतले आज ९ गते कपिलवस्तुको पकडीमा हुने आमसभामा सम्बोधन गर्दै छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।