ताजा अपडेट »

त्रिविले माग्यो प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकका लागि आवेदन माग

आइतबार, ०९ फागुन २०७७, १३ : ०१
2 Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा आवेदन खुला गरेको छ ।

आयोगले आइतबार सूचना निकालेर झण्डै ६ सय संख्यामा आवेदन माग गरेको हो। १४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र पाँच सय ५० जना उपप्राध्यापक पदमा आवेदन माग गरेको छ। यी सबै खुलातर्फ हुन्।प्राध्यापक पदका लागि तीन हजार पाँच सय र सहप्राध्यापकका लागि तीन हजार दुई सय दस्तुर लाग्ने आयोगले जनाएको छ । चैत १४ गतेसम्म फारम भर्नु पर्नेछ। https://vacancies.tuservicecommission.edu.np/teacheropen  बाट फारम भर्न सकिन्छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।