ताजा अपडेट »

अदालतलाई प्रधानमन्त्री ओलीको चेतावनीः ‘विघटन सदर नभए आन्दोलनको विकल्प छैन’

शनिबार, ०८ फागुन २०७७, १८ : ००
4 Shares

बुटवल । नेकपाको ओली पक्षका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शनिबार बिराटनगरमा आफ्नो समूहले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विघटनमा अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताएका हुन् । उद्यपी  विघटन सदर नभए आन्दोलनमा जाने पनि उनले चेतावनी दिएका छन् । 

'सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्था फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न म भन्न चाहन्छु ।’ उनले भने, ‘कुनै सेटिङ/फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन ।’ अदालतप्रति लक्षित गर्दै उनले यसपछिका परिणतिहरू हेरेर मुलुक कता जान्छ भन्ने हेर्नुपर्ने बताएका छन् ।

अन्योलमा नपरेर चुनावको तयारीमा जुट्न उनले आह्वान पनि गरेका छन् । ‘सर्वोच्च अदालतले देशैभर भइरहेका सभालाई हेरिरहेको होला। संविधानको भावना र मर्मलाई हेरेको होला। यसपछिका परिणतिहरू, मुलुक कतातिर जान्छ भन्ने हेरेको होला ।’ ओलीले भने, ‘त्यसकारण म तपाइँहरूलाई भन्न चाहन्छु। कुनै भ्रममा नपरेर, अन्योलमा नपरेर चुनावको तयारीमा जुट्नुस्।’ 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।