ताजा अपडेट »

प्रधानमन्त्रीको व्याङ्ग्य : प्रचण्डले वैद्य र डाक्टर छाडेर झाक्रीलाई रोज्नुभाछ

शनिबार, ०८ फागुन २०७७, १६ : १६
4 Shares

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक भविष्य सकिने अवस्थामा पुगेको बताएका छन् । नेपाली राजनीतिमा प्रचण्डले सफलता पाउने सम्भावना सकिएको बताउँदै उनले गोठालाले जँगलमा हिड्दा बाटो सकिए जस्तै प्रचण्डको राजनीतिक यात्रा सकिने अवस्थामा पुगेको दाबी गरे ।

शनिबार नेकपाले विराटनगरमा आयोजना गरेको विशाल जनसभामा सम्बोधन गर्दै उलने प्रचण्ड आफ्नै कारण सकिने अवस्थामा पुगेको बताए । पार्टी विभाजनमा लागेर स्वयम् प्रचण्डलाई नै घाटा लागेको संकेत गर्दै उनले भने ‘सिद्धिसकेको प्रचण्डलाई, दुई/चार सिटको पार्टीलाई मिलाएर हामीले जुरो हाल्दियौं, सिङ हाल्दियौं अहिले हामीलाई नै सिद्ध्याउन खोज्नुभएको छ ।’-अध्यक्ष ओलीले भने ‘हामीबाट छुट्टिन्न खोज्नुभयो, अब मिसिन चाहानुहुन्न भने भिरबाट लड्नेलाई राम भन्न सकिन्छ, काँध थाम्न सकिन्न ।’

प्रचण्डले विगतका राजनीतिक यात्रामा आफ्नै सहयात्री मोहन वैद्य, डा. बाबुराम भट्टराई जस्ता व्यक्तिहरुलाई धोका दिँदै आएको बताउँदै उनले अहिले रामकुमारी झाँक्रीसँग संगतमा लागे पनि विश्वास गर्ने ठाउँ नभएको बताए । ‘वैद्य, डाक्टर, डाक्टरबाट अहिले झाक्रिलाई लिएर हिड्नु भएको छ, त्यो पनि विश्वास गर्न सकिन्न ।’-प्रधानमन्त्री ओलीले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।