ताजा अपडेट »

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको एसेम्बलीमा समीक्षा

शनिबार, ०८ फागुन २०७७, १४ : ३५
4 Shares

बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ६४ औ नियमित बैठक तथा तेस्रो क्लब एसेम्बली सम्पन्न भएको छ । एसेम्बलीको रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान जोन २१ का एजी हरि प्रसाद पौडेलले उद्घाटन गर्दै यस क्षेत्रमै वार्षिक कार्ययोजना अनुसार नमुना काम भएको बताए । क्लबको पदिय भुमिका अनुसार काम गर्नुपर्ने सुझाव दिए ।

क्लबको प्रशासनिक क्षेत्रमा क्लासिफिकेशन, माई रोटरीमा सदस्य प्रवेश गराउने जस्ता कामलाई प्राथमिकता दिनुपर्ने बताए । निक्कै कठिन समयको अवस्थामा पनि शिक्षा, स्वस्थ्यका क्षेत्रमा सचेतनाका धेरै काम क्लबबाट भएको भन्दै उनले समाजको आवश्यकता हेरि सेवा गर्न सके उपयोगी हुने बताए । विश्वमा नै कोभिड १९ को बेला सामाजिक कार्यमा अग्रसर रहेको रोटरीको टिआरएफ बढाउन सबैबाट सहयोग गर्न आग्रह गरे । क्लबका अध्यक्ष गोपाल प्रसाद ज्ञवालीले सिग्नेचर प्रोजेक्टका रुपमा रिडिको विद्यालयलाई सहयोग गर्ने प्रस्ताव गरेका छन् ।

एडमिनिस्ट्रेसन कमिटि चेयर निराजन पोखरेलले क्लबको लक्ष्य अनुसार प्रशासनिक पक्षमा भएका कार्यप्रगति जानकारी गराएका थिए । कोभिड १९ को विषम परिस्थितीमा पनि समसामयिक विषयबस्तु र ब्यक्तित्वलाई समेटेर ११ वटा नियमित अन्तरक्रिया कार्यक्रम गरिएको उनले बताए । यसैगरि मेम्बरसिप कमिटि चेयर टिकाराम पाण्डे, सर्भिस प्रोजेक्ट कमिटि चेयर देविराम पाण्डे, पब्लिक रिलेसन कमिटि चेयरको भुमिकामा विष्णु भण्डारी, द रोटरी फाउन्डेसन कमिटि चेयर शंकर पाण्डेले रिपोर्ट प्रस्तुत गरेका थिए ।

क्लबका पुर्वअध्यक्ष नवीन श्रेष्ठ, ओम प्रसाद अर्याल, खिमानन्द अर्याल, सचिव दिपक भट्टराई, रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देही अध्यक्ष सुभाष केसी, भगवती अर्यालले शुभकामना दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।