April 19, 2021, Monday
६ बैशाख २०७८, सोमबार

नेपाल-भारत सीमानाका सुनौली ठप्प, भारतीय पक्षले ज्यादती गरेको भन्दै नेपालीहरुले गरे प्रदर्शन

32.5K

भैरहवा । रुपन्देहीको नेपाल–भारत सीमानाका सुनौलीमा भारतीय सीमा सुरक्षाबल एसएसबीले ज्यादती गरेको भन्दै नेपालीहरुले नाका अवरुद्ध बनाएका छन् । भारतीय पक्षले नेपालीहरुलाई भारततर्फ जान रोक लगाएको भन्दै उनीहरुले आज दिउसो सीमा नाकामा विरोध प्रदर्शन गर्दै नाका अवरुद्ध गराएका हुन् । भारततर्फबाट नेपाल आउनका लागि नाका खुल्ला गरिएपनि नेपालीहरुलाई भारत जान रोक लगाएपछि विरोध उत्रिएको उनीहरुले बताएका छन् ।

विरोध प्रदर्शन गर्दै नेपालीहरुले आवागमन ठप्प पार्ने गरी नाका उत्रिएपनि नेपाल–भारतका सुरक्षाकर्मी बाक्लो रुपमा परिचालन गरिएको छ । नाका अवरुद्ध भएपछि सीमा सुरक्षाका अधिकारीहरुसँग छलफल गरी खुुलाउने पहल भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेल जानकारी गराए । भारतीय पक्षले नेपालीहरुलाई किनमेलका लागि भारत जान रोक लगाएपछि विरोध प्रदर्शन भएको ग्लोबल आजावसँग कुरा गर्दै घिमिरले जानकारी गराए । दुई देशका सुरक्षा निकायहरु बीच छलफल गरी समस्या समाधान गर्ने पहल भइरहेको उनले जानकारी गराए ।

पछिल्लो अपडेट