ताजा अपडेट »

ओली पक्षमै फर्किए शेरबहादुर तामाङ दम्पती

शनिबार, ०८ फागुन २०७७, १३ : ०५
6 Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई केपी शर्मा ओली पक्षमै फर्किएका छन्। 

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि दुई चिरामा विभाजन भएको नेकपाको प्रचण्ड–माधव पक्षतर्फ लागेका तामाङ र राई पुनः ओली पक्षमै फर्किएका हुन्। कुनै पदको प्रलोभनमा परेर ओली पक्षमा नआएको पनि उनीहरुले प्रष्ट पारेका छन् । 

तामाङ सिन्धुपाल्चोक प्रतिनिधिसभा २ बाट निर्वाचित सांसद हुन् भने उनको श्रीमती प्रदेश १ को प्रदेशसभा सांसद हुन्।  ओली पक्षको आज विराटनगरमा हुने सभामार्फत उनीहरू फर्किएको औपचारिक घोषणा हुने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।