ताजा अपडेट »

भागरथीको शव दाहसंस्कारका लागि महाकाली लगियो

शुक्रबार, ०७ फागुन २०७७, १७ : २२
8 Shares

बैतडी । हत्या भएको १६ दिनपछि परिवारले भागरथीको शव बुझेर दाहसंस्कारका लागि महाकाली नदीमा लगेर गएका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट माघ २१ गते विद्याबाट घर फर्किदा बेपत्ता भएकी थिइन् । उनको भोली पल्ट २२ गते गाउँ नजिकैको लडालेक जङ्गलमा शव फेला परेको थियो ।बैतडी प्रहरीले फागुन ५ गते बुधबार हत्या आरोपमा चडेपानीकै दिनेश भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । हत्यामा दिनेशको संलग्नता पुष्टि नभएसम्म परिवारले शव नबुझ्ने बताउँदै आइरहेका थिए ।

अरोपित दिनेश भट्टले बिहीबार आफ्नै घरपरिवारका सदस्य मध्येका बुवा, सरकारी वकिल र अनुसन्धानमा सरिक प्रहरी अधिकृतका सामु बलात्कारपछि आफूले नै हत्या गरेको स्वीकार गरेपछि भागरथीका परिवारले शव बुझेको बताएका छन् ।

विहीबार अभियुक्त दिनेश भट्टको बयानका आधारमा लडाकेल जङ्गलबाट भागरथीले प्रयोग गर्ने गरेको घडी फेलापरेपछि घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।विहीबारको बयानमा दिनेश भट्टले भागरथीले लगाएको घडी हत्या भएको जङ्गलमा फालेको स्थान बताएपछि घडी फेला परेको प्रहरीले जानकारी दिएको छ । बलात्कार र हत्या आफैँले गरेको स्वीकार गरेर प्रमाणका रुपमा घडीसमेत फेला परेपछि परिवारले शव बुझेका भागरथीका आफन्त शिवराज भट्टले बताए ।

“ शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित अनुसन्धानमा संलग्न प्रहरीसँग छलफल भयो,” शिवराज भट्टले भने, “उनिहरुले भागरथीको फरेन्सिक रिपार्टका लागि चाहिने स्वाव, भेजाईलन स्वाब सबै प्रयाप्त मात्रमा डाक्टरको टिमले संकलन गरेकोले प्रमाण संकलनमा कुनै कसर बाँकी नरहेको बताए । त्यसपछि आज भागरथीको शव बुझेर महाकाली नदीमा दाहसंस्कारका लागि लगेका हौं ।”

परिवारका सदस्यले भागरथीको शव शुक्रबार १ः ३० बजे जिल्ला अस्पताल बैतडीको शव गृहबाट काठको बाकसमा राखिएको शव गाडीमा राखेरेर दशरथचन्द नगरपालिका–६, शेरा नजिक महाकाली नदीमा दाहसंस्कारका लागि लगेर गएका छन् । - ( गोरखापत्र अनलाइन )

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।