ताजा अपडेट »

मिडिया कप भलिबलको उपाधि आयोजक लुम्बिनी टेलिभिजनलाई

शुक्रबार, ०७ फागुन २०७७, १५ : २०
2 Shares

बुटवल । मिडिया कप भलिबल प्रतियोगिताको उपाधि आयोजक लुम्बिनी टेलिभिजनले जितेको छ । लुम्बिनीले शुक्रबार सम्पन्न फाइनल खेलमा बुद्ध टेलिभिजनलाई सोझो २-० सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

उपाधिसँगै आयोजक लुम्बिनी टेलिभिजनले नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने बुद्ध टेलिभिजनले नगद १५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै राज्य टेलिभिजन तृतीय हुँदै नगद ५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने प्रतियोगितामा ग्लोबल आवाज सान्तवना हुन सफल भएको खेल संयोजक विकास पराजुलीले बताए ।

त्यस्तै सेमिफाईनलमा पुग्ने चारवटा टिमलाई जर्सि र खेल अवधीभर सबै खेलाडीहरुको दुर्घटना विमा समेत गरिएको संयोजक पराजुलीले बताए । प्रतियोगितामा रुपन्देहीका १३ सञ्चार संस्थाहरुको सहभागिता रहेको थियो ।

रुपन्देहीमा संचालित मिडिया हाउसहरुका बिचमा भावनात्मक सम्बन्ध विस्तार गर्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको टेलिभिजनका महासचिव दिनेश पाण्डेले बताए । कोरोना महामारीका कारण मिडिया क्षेत्र समेत प्रभावित भईरहेको अवस्थामा मिडिया हाउस तथा पत्रकारहरुमा खेलकुदको माध्यमबाट उत्साह थप्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको उनले बताए ।

प्रतियोगिताको विहीबार लुम्बिनी प्रदेशका पर्यटन मन्त्री लिला गिरीले उद्धघाटन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।