ताजा अपडेट »

पत्रकार महिलाका लागि कानुनी सचेतना तालिम

विहीबार, ०६ फागुन २०७७, १८ : १०
8 Shares

रुपन्देही । पत्रकार महिलाका लागि कानुनी सचेतना तालिम विहिवारदेखि बुटवलमा शुरु भएको छ। बुटवल उपमहानगरपालिकाको आयोजना र सन्चारिका समूह रुपन्देहीको समन्वयमा भएको तालिमको उदघाटन गर्दै उपप्रमुख गुमादेबी आचार्यले कानुको अनवीज्ञता क्षम्य नहुने भएकाले सबैलाई सचेत बनाउन आवश्यक रहेको बताइन् ।

उनले उपमहानगरलाई समृद्ध बनाउन पुर्वाधार निर्माणसंगै भौतिक विकास आवस्यक हुने बताउदै पत्रकारलाई सचेत बनाउदा समाजमा सही सूचना जाने उल्लेख गरिन् । स्थानीय सरकार र नागरिकबिच पुलको काम गर्ने भएकाले पत्रकारहरु धेरै विषयमा जानकार हुनुपर्ने बताइन् ।
सामाजिक महाशाखा प्रमुख तुल्सा अर्यालले कुनैपनी विषय कानुन भन्दा बहिर नहुने भएकाले यो विषयमा सचेतना आवस्यक रहेको बताइन् । तालिममा जिल्लाभरका ३७ जना पत्रकार महिलाको सहभागीता रहेको सन्चारिका समुहका अध्यक्ष निरु गौतमले जानकारी दिइन् ।

दुई दिनसम्म चल्ने तालिममा उच्च सरकारी वकील कार्यालय बुटवलका सह न्यायाधीवक्ता मोहन सागर बस्याल, कानुन सचीव राजेन्द्र थापा र कानुन मस्यौदा तथा सुझाव कार्यदलका सदस्य खुमकान्त पौडेलले नेपालका ऐन कानुनमा भएका ब्यवस्था, स्थानीय सरकारका काम कर्तव्य अधिकार, मुलुकी देवानी संहिता लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।