ताजा अपडेट »

थप ९६ जनामा कोरोना, ३ को मृत्यु

विहीबार, ०६ फागुन २०७७, १६ : ४५

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ५०५ जना स‌ंक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५८ पुगेको छ । आज कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ६२१ रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।