ताजा अपडेट »

गोयनका इलेक्ट्रोनिक्स तेस्रो बर्षमाः

शनिबार, ०५ माघ २०७५, ०० : ०७
6 Shares

ग्लोबल आवाज, माघ–४,
औद्योगिक घराना गोयनका समुह अन्तर्गतको गोयन्का इलेक्ट्रोनिक्स प्रा.ली.तेस्रो बर्षमा प्रबेस गरेको छ । रुपन्देहीलाई आधार बनाएर आफ्नो उद्योग ब्यावसाय संचालन गर्दै आईरहेको यस समुहले दुई वर्ष अगाडी बाट गोयनका ब्राण्डमा बिभिन्न किसिमका घरायसी इलेक्ट्रोनिक्स सामाग्रीहरु नेपालमा आयात एवम् बिक्री बितरण गर्दै आईरहको हो ।

तेस्रो वर्ष प्रबेशका अवशरमा यस कम्पनिले आज एक समारोहका बिच डिलर भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । भैरहवामा सम्पन्न यस कार्यक्रममा नेपाल भरिका करिब १५० बिक्रेताहरुको उपस्थिती रहेको थियो । कम्पनिका अधयक्ष रामगोपाल गोयनकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्देशक अजय गोयनकाले कम्पनिका भाबी योजनाहरु बारे प्रकाश पार्नू भएको थियो । कार्यक्रममा भारतिय ब्राण्ड सूर्या, सेलो तथा भेस्टल का दक्षिण एशिया बजार प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित बिक्रेताहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गर्नुका साथै बर्षभरि उत्कृष्ठ कर्यसम्पादन गरेका आफ्रना कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

गोयन्का इलेक्ट्रोनिक्सले गोयनका ब्राण्डमा फ्रिज, टेलिभिजन, डिप फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर, मीक्सचर ग्राईन्डर, पंखा, ग्यास चुला, राइस कुकर, वाटर हिटर लगायतका इलेक्ट्रोनिक्स सामाग्रीहरु बजारमा उपलब्ध गराउदै आएको छ । गोयनका इलेक्ट्रोनिक्स भारतमा निर्मीत अन्तराष्ट्रिय इलेक्ट्रोनिक्स ब्राण्ड सूर्या, सेलो तथा लेक्स का घरायसी इलेक्ट्रोनिक्स सामाग्रीहरुको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता रमेत रहेको छ ।

अबको पाच वर्षमा गोयनका इलेक्ट्रोनिक्सका सामाग्रीहरु ग्राहकको पहिलो रोजाई बनाउने लक्षका साथ २०० सक्रिय डिलरहरु मार्फत नेपाल अधिराज्य भरी आफ्नो बजार बिस्तार गरिरहेको यस कम्पनीले हालै मात्र युरोपेली ब्रान्ड भेस्टल का फ्रिज, टेलिभिजन, डिप फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर आदि नेपाली बजारमा आधिकारीक रुपमै भित्राएको जनाएको छ ।
उपभोक्तालाई बिक्रीपछिको सेवा थप प्रभावकारी बनाउन छिटै काठमाण्डौ, पोखरा, नारायणघाट, तथा बिराटनगरमा समेत सर्विससेन्टर थप गर्न लागेको कम्पनिले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।