ताजा अपडेट »

जापान र नेपालबीच उच्चस्तरको भ्रमण आदानप्रदान हुने प्रमको अपेक्षा

विहीबार, ०६ फागुन २०७७, १२ : ४१
6 Shares

काठमाडौंँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी राजदूत मासामिची साइगोको कार्यकालमा नागढुङ्गा सुरुङलगायत विभिन्न कार्यक्रममार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सुदृढ भएको बताएका छन् । नेपालका लागि जापानी राजदूत साइगोसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बिदाइ भेटमा प्रधानमन्त्रीले आगामी दिनमा दुई घनिष्ठ मित्र देशबीच राष्ट्राध्यक्ष तथा सरकार प्रमुखस्तरको भ्रमण आदानप्रदान हुने अपेक्षासमेत गरे ।
राजदूत साइगोले आफ्नो आफ्नो दुई वर्ष नौ महिनाको कार्यकालभर नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरे ।

रासस
लेखकको बारेमा
रासस