ताजा अपडेट »

गुल्मीमा जीप दुर्घटना: ३ जनाको मृत्यु, ६ घाइते

बुधबार, ०५ फागुन २०७७, २१ : १४
4 Shares

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बुधवार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पधेरा भन्ने दुर्घटनामा परेको हो ।

दुर्घटनामा २७ वर्षकी गोमा नेपाली, २८ वर्षकी शान्ती नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए । दुर्घटनामा पोखरेलको घटनास्थलमै र २ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै रेसुंगा नगरपालिका १४ का जिप चालक २२ बर्षीय भरत पोख्रेल, २७ बर्षीय बिर बहादुर सुर्यवंसी, ३७ बर्षीय गोमा सामत, ६५ बर्षीय देव बहादुर नेपाली, २७ बर्षीय प्रकाश नेपाली र  साढे ४ बर्षीय खुसी नेपाली घाइते भएकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।