ताजा अपडेट »

मण्डपमा गोली चलेर बेहुली घाइते भएपनि विवाह रोकिएन

शुक्रबार, ०४ माघ २०७५, १८ : १४
6 Shares

माघ ४,

दिल्लीमा विवाह चलिरहेका बेला कसैले फायरिंग खोले । गोली मण्डपमा रहेकी बेहुलीलाई लाग्यो । उनलाई तुरुन्तै अस्पताल लगियो । त्यसलगत्तै उनलाई फेरि मण्डपमा ल्याएर विवाहको बाँकी काम पूरा गरिएको छ ।

शकरपुरको शिव मन्दिर धाम स्थित मडावलीमा रहने पूजा  र गीता कालोनीका फूल कारोबारी भरत को विवाह थियो । जयमालाका क्रममा बेहुला बेहुली स्टेजमा पुग्ने बित्तिकै अचानक गोली चल्यो । खुट्टामा गोली लागेपछि बेहुली ढल्न पुगिन् ।घटनापछि त्यहाँको माहोल गम्भीर बन्यो । परिवार र आफन्तजनहरुमा रुवावासी चल्यो । प्रहरीले यो घटनामा धेरै व्यक्तिलाई सोधपुछ गरेपनि अभियुक्त पक्राउ गर्न सकेको छैन ।


यसैबीच बेहुलीले हिम्मत देखाएर विवाह पूरा गर्ने बताएपछि उनलाई फेरि मण्डपमा ल्याइयो । उनले परिवार र डाक्टरलाई विवाहका लागि मन्दिर लैजान भनेकी थिइन् । सुरुमा अनुमति नदिएका डाक्टरहरुले पछिअनुमति दिएका थिए । त्यसपछि घाइते अवस्थामै उनको विवाह भएको छ ।
प्रहरीले गोली हर्ष फायरिंगका क्रममा चलेको अनुमान गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।