काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकामा सञ्चालित बृहत् खानेपानी आयोजनाको वितरणका लागि सप्लाएर ट्याङ्कीबाट जमिनमुनि पाइप बिछ्याउँदै कामदार । कोरोना सङ्क्रमणका कारण छ महिना धकेलिएको यो आयोजना नेपाल सरकारको कुल रु एक अर्ब २७ करोडमा सम्पन्न हुँदैछ । आयोजनाबाट तेमाल र रोशी गाउँपालिका तथा नमोबुद्ध नगरका करिब नौ हजार ३१० परिवारका ५५ हजार लाभान्वित हुनेछन् । तस्वीर : राजकुमार पराजुली/रासस