ताजा अपडेट »

थप १०५ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या शून्य

मंगलबार, ०४ फागुन २०७७, १६ : २७
6 Shares

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ३०३ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५५ पुगेको छ । आज कोरोनाबाट कुनै व्यक्तिको मृत्यु भएको छैन । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ५८७ रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।