ताजा अपडेट »

नेपाल फाइनलमा प्रवेश

शुक्रबार, ०४ माघ २०७५, १८ : ०५
4 Shares

माघ ४,

थाइल्याण्डमा जारी टी–२० म्स्याक क्रिकेट प्रतियोगिताको नेपाल फाइनलमा प्रवेश गरेको छ । सन् २००७ देखि अन्तराष्ट्रिय सहभागिता जनाएको नेपाल १२ बर्षपछि सिनीयर महिला क्रिकेटको फाइनलमा पुगेको हो ।

आज भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११९ रन बनायो । नवौं ओभरमा टिमको स्कोर ३१ रन हुँदा नेपालले पहिलो विकेट गुमाएको थियो । कजल श्रेष्ठ १४ रन बनाएर क्याचआउट भइन् । त्यसपछि क्रिजमा आएकी इन्दु वर्मा र सिता रानामगरले ७० रनको साझेदारी गर्दै नेपाली टिमलाई तीन अंकको योगफलमा पुर्याए ।
ब्यक्तिगततर्फ सिताले अर्धशतक बनाउन दुई रनले चुकिन् । उनी ४८ रनमा रनआउट भएकी थिइन् । त्यसपछि क्रिजमा आएकी नेरी थापा पाँच रनमा क्याचआउट भइन् । इन्दु वर्मा ३७ रनमा अविजित रहिन् ।

जवाफमा नेपालको कसिलो बलिङसामु इन्डोनेसिया ११ ओभर एक बलमा मात्र २७ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडी धेरै समय क्रिजमा टिक्न सकेन । सन् २०१३ मा थाइल्याण्डमै भएको एसीसी उमन्स च्याम्पियनसिपमा नेपाल अन्तिम पटक सेमिफाइनलमा पुगेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।