ताजा अपडेट »

किसानहरुद्वारा टमाटर नगरपालिकाको कार्यालय भित्रै फालेर बिरोध

मंगलबार, ०४ फागुन २०७७, १३ : २२
6 Shares

नवलपरासी । बर्दघाट नगरपालिकाका किसानहरुले आफुले उत्पादन गरेको टमाटर नगरपालिकाको कार्यालय भित्रै फालेर बिरोध गरेका छन ।

आफुले उत्पादन गरेको टमाटरले बजार नपाएको र बाहिरवाट आयतित् टमाटर बजारमा खपत भएको भन्दै किसानहरुले बिरोध स्वरुप नगरपालिकाको गेट देखि प्रत्येक कोठा र गल्लीमा टमाटर फालेर बिरोध जनाएका थिए । किसानहरुले बिरोधका क्रममा ३० कुईन्टल टमाटर दुईवटा गाडीमा ल्याएर नगरपालिकाको गेट देखि प्रत्येक कोठा र गल्लीमा फालेका हुन।

आहिलेको बजार मुल्य अनुसार ३० हजार मुल्य बराबरको टमाटर बर्दघाट नगरपालिका नगरपालिका वडा नम्बर १४ र ७ का किसानहरुले फालेका हुन । यता बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले भने बजारीकरणका लागि नगरपालिकाले पहल गर्न सक्ने अवस्था रहदा रहदै पनि विना जानकारी किसानहरुलाई उल्काएर किसान माथि राजनिति गरेको बताए। उनले किसानहरुको आन्दोलनमा वडाध्यक्ष स्वयमले प्रत्यक्षरुपमा आन्दोलनको अगुवाई गर्नु जायज नभएको समेत बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।