२५ श्रावण २०७९, बुधबार

Aug 10, 2022

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए । नारायण पोखरेल प्रतिष्ठानद्वारा काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धामको सोमबार अवलोकन गर्दै उनले बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकारको पूर्ण सहयोग रहने बताए । “पूर्वीय दर्शनको उद्गम भूमि नेपाललाई धार्मिक पर्यटनमार्फत प्रचारप्रसार गर्नुपर्छ”, उनले भने ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नेपालको धार्मिक क्षेत्रको संरक्षण गरी पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्ने बताए । नेपाल तपोभूमिको संरक्षणमा लाग्नुपर्ने उनको भनाइ थियो ।

प्रतिष्ठानका संरक्षक वाचन प्रवीण दिनवन्धु पोखरेलले नेपाल वेद र बुद्धको उद्गम थलो भएकाले वेदको योग र बुद्धको ध्यानलाई विश्वव्यापीरूपमा अगाडि बढाउनुपर्ने बताए । नेपाललाई आध्यात्मिक केन्द्रका रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । प्रतिष्ठानको रु नौ करोड लागतमा बद्रीनारायण धाम निर्माण भएको हो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चीनमा देखियो जनाबरबाट मानिसमा सर्ने नयाँ भाइरस लुम्बिनीमा दुई स्थानसहित सबै प्रदेशबाट स्मार्ट लाइसेन्स छपाइको तयारी आज र भोलि देशका केही स्थानमा हुन सक्छ भारी वर्षा नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै नेपालले केन्यासंग टी २० र एकदिवसीय शृंखला खेल्ने मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ मतदाता नामावलीमा दाबी बिरोधका लागि भदौ १२ देखि १९ गतेसम्मको अवधि बिदेशको कमाइले गाउँमा जग्गा किनेर बेसार खेती लामो समयदेखि प्रयोगविहिन लुम्बिनीका विद्युतीय गाडी दशैं अघिनै सञ्चालनमा आउने प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी चौराहा–गोलपार्क सडकः निर्माणमा देखिएका अड्चन हटाउने निर्णय लुम्बिनी साँस्कृतिकमा मिलेन विवाद : भद्रगोल कार्यालय, मर्कामा सेवाग्राही बुटवलमा जग्गा नापजाँचको काम शुरु सदभावको प्रतिक मोर्हरम पर्व, धुमधामका साथ मनाईयो थप १०९० जनामा कोरोना संक्रमण पुष्टि रुपन्देहीमा लगातार ३ पटक जितेका विष्णु पौडेललाई यसपटक कति चूनौती ? डिभिजन वन अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २० लाख ४८ हजार बिगो दाबी ठेकेदारले ९ करोड बुझे, सडक निर्माण अलपत्र फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह जिल्ला विकास समितिका तत्कालिन खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा