२५ श्रावण २०७९, बुधबार

Aug 10, 2022

कञ्चनपुर। लामो समयदेखि बन्द भएको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउने भएको छ । विमानस्थल सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार तथा भीमदत्त र दोधारा चाँदनी नगरपालिकाबीच आज सम्झौता भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लगानीको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेशले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने सम्झौता भएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताए।

विमानस्थलको एक हजार ६८५ मिटर रनबे कालोपत्रे गर्ने कार्य हुनेभएको छ । विमानस्थलको सुुरक्षाका लागि तारवार गर्ने कार्य पूरा भएको छ । विमानस्थल सञ्चालनका लागि यसअघि सम्भाव्यता अध्ययनको कार्यसँगै लागत अनुमानको कार्य गरिएको थियो । विसं २०२५ मा निर्माण गरिएको विमानस्थल सशस्त्र द्वन्द्वका कारण विसं २०५५ देखि बन्द अवस्थामा रहेको छ । विमानस्थल सञ्चालन भएपछि यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउने व्यवसायीको भनाइ रहेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चीनमा देखियो जनाबरबाट मानिसमा सर्ने नयाँ भाइरस लुम्बिनीमा दुई स्थानसहित सबै प्रदेशबाट स्मार्ट लाइसेन्स छपाइको तयारी आज र भोलि देशका केही स्थानमा हुन सक्छ भारी वर्षा नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै नेपालले केन्यासंग टी २० र एकदिवसीय शृंखला खेल्ने मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ मतदाता नामावलीमा दाबी बिरोधका लागि भदौ १२ देखि १९ गतेसम्मको अवधि बिदेशको कमाइले गाउँमा जग्गा किनेर बेसार खेती लामो समयदेखि प्रयोगविहिन लुम्बिनीका विद्युतीय गाडी दशैं अघिनै सञ्चालनमा आउने प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी चौराहा–गोलपार्क सडकः निर्माणमा देखिएका अड्चन हटाउने निर्णय लुम्बिनी साँस्कृतिकमा मिलेन विवाद : भद्रगोल कार्यालय, मर्कामा सेवाग्राही बुटवलमा जग्गा नापजाँचको काम शुरु सदभावको प्रतिक मोर्हरम पर्व, धुमधामका साथ मनाईयो थप १०९० जनामा कोरोना संक्रमण पुष्टि रुपन्देहीमा लगातार ३ पटक जितेका विष्णु पौडेललाई यसपटक कति चूनौती ? डिभिजन वन अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २० लाख ४८ हजार बिगो दाबी ठेकेदारले ९ करोड बुझे, सडक निर्माण अलपत्र फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह जिल्ला विकास समितिका तत्कालिन खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा