ताजा अपडेट »

रुपन्देही सुपरलिग : ज्ञानोदय क्रिकेट क्लब विजयी

सोमबार, ०३ फागुन २०७७, १७ : ४७
6 Shares

भैरहवा । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘बी’को खेलमा ज्ञानोदय क्रिकेट क्लबले शंकरनगर क्रिकेट क्लबलाई २८ रनले पराजित गरेको छ ।

टस हारेर ब्याटिङमा आएको ज्ञानोदयले ३३.३ ओभरमा अलआउट हुँदै १३० रन बनायो । उसका लागि महेश रानाले ४६ र करण विकेले १२ रन बनाए । बलिङमा शंकरनगरका अखलेस यादवले ३ र अनित तामाङले २ विकेट लिए । जवाफी ब्याटिङ गरेको शंकरनगर ३०.१ ओभरमा अलआउट हुँदै १०२ रनमै समेटियो । उसका लागि विराट भण्डारीले २८ र केशव पौडेलले २४ रन बनाए । बलिङमा ज्ञानोदयका सुनिल धमलाले ९ ओभरमा १ मेर्डन राख्दै २६ रन खर्चेर ५ विकेट लिए । यस्तै, करण विकेले ३ विकेट लिए । खेलमा सुनिल धमला म्यान अफ द म्याच घोषित भए ।

मंगलबार तिलोत्तमा क्रिकेट क्लब र लुम्बिनी शाक्यान क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।