ताजा अपडेट »

रोहिणीको गाउँसभा, कोरोना नियन्त्रणमा भएका खर्च सार्वजनिक

सोमबार, ०३ फागुन २०७७, १७ : २५
2 Shares

भैरहवा । रोहिणी गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७ मा कोरोना महामारी ब्यवस्थापनमा भएका आय ब्यय सार्वजनिक गरेको छ । सोमबार धकधईमा सम्पन्न ८ औं गाउँसभा मार्फत गाउँपालिकाले आय-ब्यय सार्वजनिक गरेको छ ।

गाउँपालिमा गत आर्थिक बर्षमा स्थानिय पूर्वाधार साझेदारी कार्यक्रमबाट २२ लाख २७ हजार ३ सय ९९ रुपैया, प्रदेश संचित कोषबाट १० लाख, स्थानिह तहको आफ्नै बजेटबाट बिनियोजन भएको ९८ लाख ९ हजार र बिभिन्न दाताहरुबाट सहयोग प्राप्त भएको ८ लाख २० हजार १ सय ८३ रुपैया गरि १ करोड ३८ लाख ५६ हजार ५ सय ८२ रुपैया प्रकोप ब्यवस्थापन कोषमा आम्दानी गरेको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए ।

यसरी आम्दानी भएको रकम मध्ये राहत वितरणमा ५२ लाख १८ हजार ४ सय ६५ रुपैया, क्वारेन्टाईन होल्डिङ सेन्टर निर्माण एवम ब्यवस्थापनमा १७ लाख ४८ हजार ८ सय ९५ रुपैया, जनशक्ति परिचालनमा ४ लाख २० हजार, औषधी एवम स्वास्थ्य उपकरण तथा सामाग्री खरिदमा २९ लाख ९७ हजार ७२ रुपैया र विविध ५ लाख ५९ हजार ५ सय ८५ रुपैया गरि १ करोड ९ लाख ४४ हजार १७ रुपैया खर्च भएको गाउँपालिकाले प्रतिवेदन सार्वजनिक गरेको छ ।

यस्तै गत आर्थिक बर्षको ५३ करोड १५ लाख ८५ हजार ३ सय ३६ रुपैयाको आय ब्यय विवरण सार्वजनिक गदै रोहिणी गाउँपालिकाको ८ औं गाउँ सभाले यलाई अनुमोदन गरेको छ । गाउँपालिकामा रहेका सडकहरुमो मापदण्ड समेत तय गरेको छ । गाउँपालिकाको गल्ली बाटोको लागी न्यूनतम १४ फिट, भित्रि सडकको लागी २० फिट, महत्वपूर्ण सडकहरु, दुई वा सो भन्दा बढी वडा जोडने सडकहरुको चौडाई न्यूनतम २४ देखी ३० फिट तोकिएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए । यस्तै प्रदेश स्तरिय र संघ स्तरिय सडकहरु प्रदेश र संघ सरकारले कायम गरेको मापदण्ड बमोजिम रहने तथा गल्ली र सडकको चौडाई पछि ५ फिट सेट ब्याक कायम हुने सभाले निर्णय गरेको छ ।

चालु आर्थिक बर्षको माघ मसान्त सम्ममा गाउँपालिकाले चालु खर्च तर्फ ३५ करोड ३८ लाख ८२ हजार ३ सय ४६ रुपैया मध्ये ३० दशमलव ८९ प्रतिशत अर्थात १० करोड ९३ लाख ३२ हजार ४ सय ७५ रुपैया र पूजिंगत तर्फ २० करोड २० लाख २० हजार ५ सय ६४ रुपैया मध्ये ३ दशमलव ५६ प्रतिशत अर्थात ७१ लाख ९५ हजार ७ सय ८७ पैया खर्च भएको गाउँपालिका अध्यक्ष यादवले बताए । यस्तै गाउँपालिका अन्र्तगत रहेको सामूदायिक तथा सरकारी आधारभूत तह र माध्यमिक तहमा कार्यरत करार तथा पिसिएफ तर्फका शिक्षक र कार्यलय सहयोगीको समस्यालाई पनि सभाले सम्बोधन गरेको छ ।

यिनिहरुको तलब अपुग भएको भन्ने बारे पटक पटक बिद्यालयबाट माग भई आएकोले अब यस्तो अवश्थामा कारण, औचित्य र पुष्ट्याईको आधारमा गाउँपालिकाले अनुगमन गरि शिक्षा शाखाबाट पेश भएको प्रतिवेदनको आधारमा निकासा दिने नितिगत निर्णय गरेको छ । यसको साथै अबको दिनमा गाउँपालिकाको प्राथमिकतामा गाउँपालिकाको आफ्ने भवन निर्माण र वडा कार्यालयको निर्माणलाई प्राथमिकतामा राखी बजेट बाँडफाँड गरिने सभाध्यक्ष सनोज कुमार यादवले जानकारी दिए ।

रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शिवकान्ती हरिजन,वडा अध्यक्षहरु आविद अली पठान, बिर बहादुर क्षेत्री, तारानाथ यादव, घनश्याम सिंह क्षेत्री, ईन्द्रमान चौधरी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।