ताजा अपडेट »

१२२ सङ्क्रमित थपिए, १४४ कोरोना मुक्त

सोमबार, ०३ फागुन २०७७, १७ : ०५
4 Shares

काठमाडौं । नेपालमा कोरोनाभाइरसका १२२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२२ जना सङ्क्रमित थपिएकोमा १४४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । मन्त्रालयका अनुसार हाल एक हजार ५८१ जना सङ्क्रमितमा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । थपिएक सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित दुई लाख ७२ हजार ८४० पुगेको छ । दुई लाख ६९ हजार २०४ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म २१ लाख २० हजार ५९१ जनाको नमूना सङ्कलन गरी परीक्षण गरिएको छ मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म दुई हजार ५५ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल ७९ जना क्वारेन्टिनमा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।