ताजा अपडेट »

चार पूर्वप्रधानन्यायाधीशद्वारा सर्वोच्चमा लिखित जवाफ पेश

सोमबार, ०३ फागुन २०७७, १२ : ४८
2 Shares

काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशहरु सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् ।

प्रतिनिधिसभा विघटन असवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि उनीहरुविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो । त्यसको प्रारम्भिक सुनुवाइ गर्दै १५ माघमा न्यायाधीश मनोज शर्माको एकल इजलासले ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । अदालतको अवहेलनाको मुद्दा लागेका पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार सर्वोच्च पुगेर लिखित जवाफ बुझाएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।