२५ श्रावण २०७९, बुधबार

Aug 10, 2022

फाइल तस्विर

नेपालगञ्ज। नेपालगञ्जमा अस्पताल तथा स्वास्थ्यजन्य फोहरको उचित व्यवस्थापन हुने निश्चित भएको छ । स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिका र जर्मन सहयोग कार्यक्रम जिआइजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमबीच आज द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा र जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार एलेक्कजेन्ड्रा पुलुस्केले हस्ताक्षर गरे। स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि प्राविधिक तथा उपकरणको सहयोग जिआईजेडले गर्ने भएको छ । उपमहानगरपालिकाले भवन निर्माण प्रक्रिया शुरु गरेको छ । समझदारीपत्रमा हस्ताक्षर गर्दै नगर प्रमुख डा धवल शम्शेर राणाले स्वास्थ्य क्षेत्रको हवको रुपमा रहेको नेपालगञ्जमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन हुनु आफैमा ठूलो उपलब्धि भएको बताए ।

उनले सम्झौतानुसार उपमहानगरपालिकाले छिट्टै भवनको काम अघि बढाइने बताए । नगर उपप्रमुख उमा थापा मगरले नगरको चाहनाको परियोजना सञ्चालन भएकामा खुशी लागेको भन्दै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा गरे ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कुसुन्डामा भाषा संरक्षणकै चिन्ता चीनमा देखियो जनाबरबाट मानिसमा सर्ने नयाँ भाइरस लुम्बिनीमा दुई स्थानसहित सबै प्रदेशबाट स्मार्ट लाइसेन्स छपाइको तयारी आज र भोलि देशका केही स्थानमा हुन सक्छ भारी वर्षा नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै नेपालले केन्यासंग टी २० र एकदिवसीय शृंखला खेल्ने मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ मतदाता नामावलीमा दाबी बिरोधका लागि भदौ १२ देखि १९ गतेसम्मको अवधि बिदेशको कमाइले गाउँमा जग्गा किनेर बेसार खेती लामो समयदेखि प्रयोगविहिन लुम्बिनीका विद्युतीय गाडी दशैं अघिनै सञ्चालनमा आउने प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी चौराहा–गोलपार्क सडकः निर्माणमा देखिएका अड्चन हटाउने निर्णय लुम्बिनी साँस्कृतिकमा मिलेन विवाद : भद्रगोल कार्यालय, मर्कामा सेवाग्राही बुटवलमा जग्गा नापजाँचको काम शुरु सदभावको प्रतिक मोर्हरम पर्व, धुमधामका साथ मनाईयो थप १०९० जनामा कोरोना संक्रमण पुष्टि रुपन्देहीमा लगातार ३ पटक जितेका विष्णु पौडेललाई यसपटक कति चूनौती ? डिभिजन वन अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २० लाख ४८ हजार बिगो दाबी ठेकेदारले ९ करोड बुझे, सडक निर्माण अलपत्र फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह