ताजा अपडेट »

महिला राष्ट्रिय हक्कीको उपाधि सेनालाई

सोमबार, ०३ फागुन २०७७, १२ : ३३
2 Shares

महेन्द्रनगर। तेस्रो स्व सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ । कञ्चनपुरको महेन्द्रनगरमा आईतबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशको टिमलाई पराजित गर्दै आर्मी क्लबले उपाधि जितेको हो । फाइनलको पहिलो हाफमा आर्मी क्लबलाई दबाबमा राखेको सुदूरपश्चिमले दोस्रो हाफमा आर्मीको टोलीले आफ्नो दबाब बढाएको थियो ।आर्मीका लागि निलिमा पाण्डेयले दुई गोल गरेकी थिइन ।

घरेलु दर्शकको साथ पाए पनि सुदूरपश्चिमले गोल गर्न सकेन । प्रतियोगिताको उपाधि बिजेता टिमलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पुरस्कृत गरे । नेपाल हक्की सङ्घको आयोजना र कञ्चनपुर जिल्ला हक्की सङ्घको समन्वयमा भएको प्रतियोगिताको उपाधि विजेता आर्मी क्लब रु ५० हजार नगदसहित सम्मानीत भएको छ भने उपविजेता सुदूरपश्चिम रु ३० हजार नगदसहित पुरस्कृत भएको छ । चार वटा प्रदेश र विभागीयतर्फ आर्मी क्बल सहभागी रहेको हक्की प्रतियोगितामा वेष्ट स्कोररमा आर्मीका निलिमा पाण्डेय घोषित भए ।

रासस
लेखकको बारेमा
रासस