ताजा अपडेट »

अफगानिस्तानको रक्षामन्त्रीका चालक र छोराको हत्या

सोमबार, ०३ फागुन २०७७, ११ : ४०
6 Shares

काबुल । अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उनका छोराको हत्याभएको छ ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो ।राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनिहरुको हत्या भएको अधिकारीहरुले जनाएका छन् ।

देशका शान्ति स्थापनाका लागि प्रयासहरु भइरहेका बेला दर्दनाक हिंसात्मक घटनाहरु पनि भइरहेका हुन् ।घटनाका बारेमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरुले बताएका छन् ।लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरु भइरहे पनि सफलता मिल्न सकेको छैन ।


रासस
लेखकको बारेमा
रासस