ताजा अपडेट »

म्यानमार कूः सडकमा सेनाका बख्तरबन्द गाडीहरु, इन्टरनेट पनि बन्द

सोमबार, ०३ फागुन २०७७, ११ : १५
6 Shares

काठमाडौ । म्यान्मारका थुप्रै शहरका सडकमा सेनाका बख्तरबन्द गाडी देखिएका छन् । स्थानीय समयानुसार राती १ बजेदेखि देशमा इन्टरनेट सेवा पनि बन्द छन् ।

सेनाको यो तयारीलाई १ फेब्रुअरीमा सैन्य कूपछि देशमा भइरहेको विरोध प्रदर्शनलाई समाप्त गर्ने संकेतको रुपमा हेरिएको छ ।संयुक्त राष्टका एक अधिकारीले म्यानमारको सेनामाथि मानिसहरुविरुद्ध युद्धको घोषणा गरेको आरोप लगाएका छन् ।म्यानमारका लागि संयुक्त राष्ट्रका विशेष प्रतिनिधि टम एन्ड्र्यूजले जनरल हताश भएको संकेत दिइरहेका छन् र यसका लागि उनी जवाफदेही हुनुपर्ने बताएका छन् ।

उनले सोसल मिडियामा लेखेका छन्, ‘यस्तो लागिरहेको छ दकि सेनाले म्यानमारका मानिसहरुविरुद्ध युद्धको घोषणा गरेका छन् । आधा रातमा छापा मारिँदैछ, मानिसहरुलाई पक्राउ गरिँदैछ, उनीहरुको अधिकार हनन गरिँदै छन् । इन्टरनेट पुनः बन्द गरिएको छ । सेनाका कार्केड आवसीय क्षेत्रमा घुसिरहेका छन् । यस्तो लागिरहेको छ कि सेनाका जनरल हताश भएका छन् ।’

युरोपेली संघ, अमेरिका र बेलायतले एक बयान जारी गर्दै भनेको छ, ‘हामी सुरक्षाबलसँग अपिल गर्छौं कि उनीहरुले गणतान्त्रिक सरकारको कू पछि विरोध गरिरहेका प्रदर्शनकारीविरुद्ध हिंसा नगरुन् ।’सूकीलाई हाल उनको घरमा नै नजरबन्दमा राखिएको छ । साथै सयौं प्रदर्शनकारी र विपक्षी नेतालाई पनि हिरासतमा लिइएको छ ।- एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।