Aug 10, 2022
काठमाडौ । सरकारले विद्यालय तहको चालू शैक्षिक सत्र जेठको अन्तिमसम्ममा सक्ने निर्णय गरेको छ। शिक्षा नियमावलीले गरेको व्यवस्थालाई संशोधन गर्दै यस वर्षको शैक्षिक सत्र दुई महिना थपेर जेठसम्म सञ्चालन गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीले जानकारी दिए ।
शिक्षा पत्रकार समूहले गरेको छलफलमा सचिव मैनालीले चालू शैक्षिक सत्र दुई महिना लम्ब्याउने र आगामी शैक्षिक सत्र १० महिनामात्र सञ्चालन गरिने बताए । यस सम्बन्धि नियमावली संशोधन मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको र एकदुई दिनमा नियमावलीको संशोधित अंश राजपत्रमा प्रकाशित गरिने उनले जानकारी दिए ।
गत वर्ष कोरोना संक्रमणका कारण आन्तरिक मूल्यांकनबाटै एसइई परीक्षा भएको थियो। अब भने एसइई लगायत विद्यालय तहका परीक्षाहरू विद्यार्थीलाई भौतिकरूपमा उपस्थित गराएरै गर्ने तयारी रहेको मैनालीले जानकारी दिए ।नेपाल समाचारपत्रबाट
प्रतिकृया दिनुहोस्