१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले भोली ७७ वटै जिल्लामा एक साथ बिरोध सभाको आयोजना गर्दैछ । रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा कांग्रेसका बिरोध सभालाई नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Advertisement

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला सभापति अब्दुल रज्जाकले वक्ताको रुपमा केन्द्रिय सभापति देउवा सहित केन्द्रिय सदस्य बालकृष्ण खाँण र संघिय संसदका लेखा समिति संयोजक भरत कुमार शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । बिरोध कार्यक्रममा स्वतःस्फूर्त रुपमा लाखौ जनशक्ति कार्यक्रममा आउने बताए । कम्युनिष्टहरुले पैसाको भरमा भिड जम्मा गरे पनि कांग्रेसले त्यस्तो नगर्ने उनको भनाई थियो । नेपाली कांग्रेसका भातृ संगठन, सुभेच्छुक संस्था र क्रियाशिल सदस्य एवम अन्य सर्वसाधारण कार्यक्रममा सहभागी हुने उनले बताए ।

नेपाली कांग्रेस जिल्लाक कार्य समिति रुपन्देहीको आयोजनामा सोमबार बिहान ११ बजे देखी भैरहवाको बुद्धचोकबाट ¥यालीको आयोजना गरि नारायणपथ, मिलनचोक हुदै हनुमान मन्दिरमा पुगेर बिरोध सभाको आयोजना हुने जिल्ला सभापति रज्जाकले जानकारी गराए ।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले ओली सरकार अहिले निरंकुश हुदै गएकोले त्यसैको बिरोध स्वरुप बिरोध कार्यक्रमहरुको आयोजना गरिएको जनाए । खांणले मानवअधिकार आयोग र राष्ट्रिय सुरक्षाको मुद्दालाई कमजोर बनाउन ओलीले विधेयक ल्याएको बताए । ‘संविधानको प्रतिकुलमा ओलीले थुप्रै विधेयक ल्याउनुभयो, सेनालाई एक्लै चलाउने खालको विधेयक ल्याउनुभयो, पछिल्लोपटक त झनै राष्ट्रिय सुरक्षा परिषदको अध्यादेश संविधानविपरीत ल्याउनुभयो, ’उनले भने । धेरै ठूलो दबाब आएपछि ओलीले विधेयक फिर्ता लिएको उनले बताए ।

ओली सरकारको प्रतिगामी कदमको बिरोधमा र संविधानको रक्षाको लागी सबै लोकतान्त्रिक शक्तिहरुलाई कांग्रेसको बिरोध सभाप्रति ऐक्यवद्धता जनाउन भोलीको कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेस रुपन्देहीले आव्हान समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन