ताजा अपडेट »

सैनामैना मेयर कप फुटबल : फर्साटिकर फाइनलमा

आइतबार, ०२ फागुन २०७७, १८ : ०१
4 Shares

बुटवल । रुपन्देहीको सैनामैनामा जारी तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगितामा फर्साटिकर युवा क्लब उपाधि प्रतिस्प्रधाका लागि भिड्ने भएको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा जीत निकाल्दै फर्साटिकरले आगामी फागुन ५ गते उपाधिका लागि भिड्ने भएको हो ।

सैनामैना-७ स्थित सरस्वती माविको प्राङ्गणमा जारी प्रतियोगिता अन्तरत आज भएको खेलमा फर्साटिकरले विश्वशान्ती युवा क्लब सालझण्डीलाई ४ शून्य गोल अन्तरले पराजीत गरेको हो । फर्साटिकरको जीतका लागि विदेशी खेलाडी फोफोले ३९ र ६१ मिनेटमा गरि दुई गोल गरेका थिए भने भपाल गुरूङ र सुरज हमालले क्रमशः ५७ र ८० मिनेटमा गोल गरेका थिए ।

सोमबार हुने दोस्रो सेमिफाइनल खेलमा खनाल ब्रदर्श फर्साटिकर र फुलबारी गाइज बीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । सैनामैना नगरपालिकाको आयोजना तथा स्थानीय जनप्रिय युवा क्लबको व्यवस्थापनमा गत माघ २४ गतेदेखि जारी प्रतियोगिताको फाइनल खेल फागुन ५ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद २ लाख २२ हाजर २२२ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ११ हजार १११ नगदराशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी अन्तिम चारमा पुग्ने अन्य २ समुहले नगद २०/२० हात पार्ने हायोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले १० हजार नगद राशी प्राप्त गर्ने छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर तथा उत्कृष्ट प्रशिक्षकले नगद ५/५ हजार पुरस्कार राशी प्राप्त गर्ने आयोजकले जनाएको छ । स्थानीय सरस्वती माविमा भइरहेको खेलमा विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार प्राप्त गर्ने छ भने उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर तथा उत्कृष्ट प्रशिक्षकलाई नगद राशीले सम्मानित गरिने आयोजकले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।