२५ श्रावण २०७९, बुधबार

Aug 10, 2022

गुल्मी । गुल्मीमा होटल रेष्टुरेन्टको स्तरीकरण तथा लोगो वितरण गरिने भएको छ । खाद्य स्वच्छताको आधारमा होटल, रेष्टुरेन्टको स्तरीकरण तथा लोगो वितरण गर्न तम्घासका होटल व्यवसायीहरुसँग कार्यक्रम गरिएको छ । अब स्वच्छताको आधारमा तम्घासमा रहेका होटल, रेष्टुरेन्टको स्तरीकरण तथा लोगो वितरण गरिने भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले सदरमुकाम तम्घासमा रहेका होटल, रेष्टुरेन्टको स्तरीकरण तथा लोगो वितरण गर्न कार्यक्रम गरेको हो । होटल व्यवसायीहरुलाई खाद्य स्वच्छताका सम्बन्धी जनकारी गराउदै गुणस्तरीय सेवाको आधारमा लोगो बिरतण गर्न लागेको छ । खाद्य स्वच्छताको आधारमा होटल, रेष्टुरेन्टको स्तरीकरण तथा लोगो वितरण गर्न लागिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका अधिकृत विमलकुमार दाहालले बताए । तम्घास बजार रहेका होटलहरुमा अनुगमन पश्चात खाद्य स्वच्छताको आधारमा होटल, रेष्टुरेन्टको स्तरीकरण गरेर लोगो वितरण गरिने दाहालले बताए ।

जिल्लामा सञ्चालित होटल व्यवसायहरुले प्रदान गर्ने सेवा–सुविधाहरु सन्तोषजनक रहेको गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले उल्लेख गरे । आगामी दिनमा गरिने बजार अनुगमनलाई अझ उद्देश्यमूलक बनाउने भण्डारीले बताए । लोगो वितरण सम्बन्धि सुचाङ्कहरुका बिषयमा जानकारी लिन पाउदा होटल व्यवसायीहरुले खुसी व्यक्त गरेका छन् । अब आफनो व्यवसायमा पनि खाद्य स्वच्छताका सम्बन्धी ध्यान दिने सहभागीको जोड थियो । उपभोक्ताको स्वास्थ्य र सुविधा कायम गर्ने, होटल तथा रेष्टुरेन्टहरुमा स्वच्छ प्रतिस्पर्धा कायम गराउने, होटलहरुले सेवाको गुणस्तर अभिबृद्धि गराउने उद्देश्यले होटलहरुको स्तरीकरण गर्न लागिएको हो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा दुई स्थानसहित सबै प्रदेशबाट स्मार्ट लाइसेन्स छपाइको तयारी आज र भोलि देशका केही स्थानमा हुन सक्छ भारी वर्षा नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै नेपालले केन्यासंग टी २० र एकदिवसीय शृंखला खेल्ने मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ मतदाता नामावलीमा दाबी बिरोधका लागि भदौ १२ देखि १९ गतेसम्मको अवधि बिदेशको कमाइले गाउँमा जग्गा किनेर बेसार खेती लामो समयदेखि प्रयोगविहिन लुम्बिनीका विद्युतीय गाडी दशैं अघिनै सञ्चालनमा आउने प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी चौराहा–गोलपार्क सडकः निर्माणमा देखिएका अड्चन हटाउने निर्णय लुम्बिनी साँस्कृतिकमा मिलेन विवाद : भद्रगोल कार्यालय, मर्कामा सेवाग्राही बुटवलमा जग्गा नापजाँचको काम शुरु सदभावको प्रतिक मोर्हरम पर्व, धुमधामका साथ मनाईयो थप १०९० जनामा कोरोना संक्रमण पुष्टि रुपन्देहीमा लगातार ३ पटक जितेका विष्णु पौडेललाई यसपटक कति चूनौती ? डिभिजन वन अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २० लाख ४८ हजार बिगो दाबी ठेकेदारले ९ करोड बुझे, सडक निर्माण अलपत्र फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह जिल्ला विकास समितिका तत्कालिन खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन