ताजा अपडेट »

जनसभाको भोलिपल्टै तिलोत्तमाका मेयर ओली समूहमा

आइतबार, ०२ फागुन २०७७, १३ : ३६
4 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ओली समूहमा लागेका छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघट गरेसँगै (ओली) समूह र (दाहाल-नेपाल) समूहमा विभाजित भएको थियो । संसद विघटनको विरोध गर्दै दाहाल-नेपाल समूहको पक्षमा लागेका घिमिरे पुनः ओली समूहको पक्षमा उभिएका हुन् ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको विशाल जनसभाको भोलिपल्टै तिलोत्तमाका मेयर घिमिरेले समूह परिवर्तन गरेको कुराले सामाजिक सञ्जालमा चर्चा पाएको हो । घिमिरेका निकट स्रोतका अनुसार उनीसहित ठूलो समूह ओली समुहमा आउने भएका हुन् । नेकपा महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा घिमिरेसहित तिलोत्तमा नगर उप-प्रमुख जागेश्वरी चौधरी तथा सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीसँग संयुक्त रुपमा खिचिएको तस्विर राखेका छन् ।

https://www.globalaawaj.com/archives/81567
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।