July 31, 2021, Saturday
१६ श्रावण २०७८, शनिबार

‘तिमी रिसाउँदा’ सार्वजनिक

960

काठमाडौँ । गायक राहुल रक्सको आवाजमा रहेको आधुनिक गीत ‘तिमी रिसाउँदा’ सार्वजनिक भएको छ । पे्रम दिवसका अवसरमा सार्वजनिक गरिएको गीतका शब्द तथा सङ्गीत सुरज अधिकारी (सुर रक्स) का हुन् भने सङ्गीत संयोजन पुषोत्तम सुवेदीले गरेका छन् ।

विशेषगरी युवा वर्गलाई लक्ष्य गरी गीत लेखिएको अधिकारीले बताए । जनकदीप पराजुलीकोे निर्देशन रहेको भिडियोमा डिमन क्षेत्री र अर्नबी ढुङ्गानाले अभिनय गरेका छन् । गीतमा सागर प्रधानको छायाङ्कन, विष्णु खड्काको सम्पादन र ध्रुवराज प्रज्वलितको रङ संयोजन छ । भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

पछिल्लो अपडेट