१६ असार २०७९, बिहीबार

Jun 30, 2022

झापा। सङ्घीय सरकारले झापाको १० वटा पालिकामा पर्यटन पूर्वाधार विकासका लागि करोडौँ लगानी हुनेगरी स्थानीय तहसँग लागत साझेदारी गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने उद्देश्यले झापामा पूर्वाधार विकासमा लगानी हुन लागेको यो बजेट अहिलेसम्मकै अधिक हो ।

Advertisement

जसमा भद्रपुरको साइन्स सिटीमा रु छ करोड ७३ लाख, दमकको इन्द्रेणी ताल संरक्षणमा रु एक करोड ५० लाख, कचनकबलमा नेपालककै होचो स्थानमा रहेको स्तम्भ तथा केचना झिल व्यवस्थापनमा रु पाँच करोड, शिवसताक्षीमा दोमुखा चिल्ड्रेन पार्क तथा स्वीमिङ पुलमा रु दुई करोड, गौरीगञ्जको कोरोवारी सिमसार क्षेत्रमा रु पाँच करोड, कमलको साधुहोलीमा रु पाँच करोड, कनकाइको बनस्पति विज्ञान पार्कमा रु छ करोड ९० लाख, अर्जुनधाराको हलुवागढ पर्या–पर्यटनमा रु चार करोड तीन लाख ५५ हजार, बाह्रदशीको साधुपर्ती सिमसारमा रु पाँच करोड र हल्दीबारीको भेलागढी लोकतान्त्रिक शहीद स्मृति पार्कमा रु पाँच करोड लगानी हुने भएको छ ।

अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरि रानाले प्राकृतिकरुपमा मनमोहक र जैविक विविधताले भरिपूर्ण हलुवागढमा १५ मिटर लामो कृत्रिम सुरुङ बनाएर पर्यटक आकर्षित गरिने बताए । भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठले तारामण्डललगायत अहिलेसम्मका अन्वेषण भएका वैज्ञानिक रहस्य हेर्न र बुझ्न सकिने गरी जुत्ता आकारको साइन्स सिटी भवन बनाउन लागिएको जानकारी दिए।

सरकारको यो परियोजनामा नेपालको सबैभन्दा होचो स्थान कचनकबल पनि समेटिएको छ । यहाँ आकर्षक स्तम्भ निर्माण र नजिकको केचना झिलको व्यवस्थापन गरिने भएको छ । परियोजना अधिकांश सिमसारको संरक्षण र त्यसमा आधारित पर्यटन प्रवद्र्धनमा केन्द्रित देखिएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रजातन्त्र होइन गठबन्धनतन्त्र! सर्वोत्तम लिटोको प्याकेटमा कीरा कसरी लाग्छ हैजा ? यी हुन् लक्षण र रोकथामका उपाय सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्यो दक्षिण कोरियामा २०२३ का लागि श्रमिकको तलब ५ प्रतिशतले वृद्धि सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने समय थप ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द रुपन्देहीको सैनामैनाका एक युवा मृत अवस्थामा फेला फुटबलर भरत र नवयुग एनएसी प्रतियोगिता खेल्न अमेरिका प्रस्थान डाइभर्सन निर्माणपछि खुल्यो पूर्व–पश्चिम राजमार्ग, कस्ताे छ अन्य सडककाे अवस्था ? मध्यअसारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं आज पनि देशभर वर्षाको सम्भावना श्रीमान १० वर्ष वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिने प्रस्ताव रोटरी क्लब भैरहवाद्वारा तिलोत्तमास्थित विद्यापिठका विद्यार्थीलाई कम्प्युटर तथा झोला वितरण एमाले निकट युवा संघको धान राेपाइँमा कुटाकुट बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी, अवस्था गम्भीर असारे–१५ः ‘हिलोमा रमाउनेहरुको दाउ–१७’ काठमाडौंमा १४ जनामा हैजाको संक्रमण पुष्टि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो खुला [सर्वोच्चको आदेशको पूर्णपाठसहित]