ताजा अपडेट »

सरकार ढाल्न देशी–विदेशी षडयन्त्र भयो : अध्यक्ष ओली

शनिबार, ०१ फागुन २०७७, १६ : ३९
4 Shares

बुटवल । सत्तारुढ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्न देशी–विदेशी षडयन्त्र भएको आरोप लगाएका छन् । अझै डेड–दुई वर्ष सरकार चल्यो भने अरुका बाकस खाली हुने डरले अहिले नै सरकार ढाल्न लागेको बताए । उनी पक्षधर नेकपाले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय विशाल सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने ‘ सरकारका धेरै राम्रा कामहरु भएका छन् । ती कामहरु भएका देखि नसहेर आगामी निर्वाचनमा नेकपाको बाकस भरिने तर, आफ्ना बाकस खाली हुने डरले सरकार ढाल्न देशी–विदेशी चलखेल भयो ।’ उनले नेकपा नफुटेको केही तत्वहरु पाखा लागेको बताए।

रोजगारका सवालमा , सडक निर्माणका सन्दर्भमा ,प्रविधिका क्षेत्रमा लगाएत विभिन्न विकासका कामहरु भएको र सोबाट अरु आत्तिएका हुँदा सरकारलाई काम गर्न नदिइएको बताए । जसले गर्दा आफू प्रतिनिधि सभा विघटन गरेको बताए । गत पुष ५ गते प्रतिनिध सभा विघटनको लागि सिफारिस गरेका प्रधानमन्त्री ओलीले संविधान सम्वतः नै विघटन गरेको दावी गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।