२१ असार २०७९, मंगलवार

Jul 5, 2022

फाइल तस्विर

संयुक्त राष्ट्रसंघीय एक निकायले हाइटीमा गत वर्षको तुलनामा यसवर्ष खाद्यान्नका साथै अन्य मानवीय सहायता आवश्यकता निकै ठूलो मात्रामा बढेको जनाएको छ ।

Advertisement

उक्त समाचारमा जनाइएअनुसार यही फेब्रुअरी महिनामा नै यहाँ खाद्यान्नको अवाश्यकता परेका नागरिकको संख्या ४० लाख भन्दा पनि बढी रहेको देखिएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले गरेको सो प्रक्षेपणअनुसार हाइटीमा खाद्यान्न लगायतको मानवीय सहायता अवश्यक रहेको जनसंख्या कम्तीमा पनि देशकै जनसंख्याको ४० प्रतिशत रहेको छ ।

यहाँको जनसंख्याकै कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई यसको अवश्यकता रहेकोले यसका लागि संयुक्त राष्ट्रसंघका साथै अरु अन्तर्राष्ट्रिय संघ संस्थाहरुले पनि सहायता दिनुपर्ने सो निकायले गत बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा देखाइएको छ ।

हाइटीमा राजनीतिक संकट शुरु भएको थियो । यस संकटका कारण धेरै ठूलो जनसंख्या खाद्यान्न लगायतको समस्या झेल्नुपरेको बताइएको थियो । त्यसयता यहाँका नागरिकले विभिन्न खालका संटकहरु झेल्दै आएका छन् ।

अहिले पनि हाइटीमा ठूलो संकट बढ्दै गएको देखिएको छ । यहाँ अहिले पनि हिंसात्मक समूहहरुले नागरिकको हत्या गर्ने, अपहरण गर्ने तथा लुटपाट गर्ने काम गरिरहेको पाइएको बताइएको छ । यहाँ दिन प्रतिदिन असुरक्षा बढ्दै गएको छ भने हिंसात्मक हमलाहरु पनि पछिल्लो समयमा निकै हुने गरेका छन् । कतिपय नागरिकहरु यो हिंसाको चपेटमा परेर पनि खाद्यान्न लगायतका न्यूनतम सहायता पनि पाउन सकिरहेका छैनन् ।

ती एजेन्सीका अनुसार हाइटीको अहिलेको अवस्था हेर्दा असुरक्षा र खाद्यान्न अभावको अवस्था बढी देखिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

आलुको बोरामा भेटियो करिब ८४ लाख अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार वैवाहिक नागरिकताको उल्झनमा नागरिकता विधेयक, अब विधेयक ल्याउने कि अध्यादेश ? नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च