ताजा अपडेट »

प्रधानमन्त्री ओलीद्वारा बुटवल-बसन्तपुर केवलकारको शिलान्यास

शनिबार, ०१ फागुन २०७७, १४ : २०
18 Shares

बुटवल । बुटवलदेखि बसन्तपुरसम्मको केवलकार लाइनको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । बसन्तपुरसम्म ३ किलो मिटर लम्बाईको केबलकार लाइनको आज शनिबार प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।

केबलकार सञ्चालनको लागि यसअघि बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी केबल कार प्रालीलाई ६.५ हेक्टर बन क्षेत्र उपयोग गर्न स्वीकृती दिएको छ । प्रालीले रुपन्देही बुटवल उपमहानगरपालिका ३ को चुरे सामुदायिक बन समेतको ३.१६ हेक्टर र पाल्पाको तिनाउ गाउँपालिका ३ को चिउरीडाँडा न्याउली सामुदायिक वन समेतको ३.११ हेक्टर वन क्षेत्र २५ वर्ष सम्म प्रयोग गर्ने छ ।

यसैगरी नुवाकोटमा केबलकार सञ्चालनको लागि सिद्धार्थ केबलकार प्रालीले यस अघि नै सरकारबाट वन क्षेत्र उपयोग गर्ने स्वीकृती लिएर केही काम अगाडि बढाइसकेको छ । केबलकारको लागि छपान र रुख कटानको काम भइरहेको प्रालीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए । उक्त योजनाको पनि आगामी फागुन १० गते भित्र सिलन्यास गरेर औपचारीक रुपमा काम अगाडि बढाउँने योजना रहेको आयोजकले जनाएको छ ।

अबको १८ महिना भित्र केबलकार सञ्चालनमा ल्याउने योजनासहित काम भइरहेको आयोजकले जनाएको छ । करिब २ किलोमिटर लामो केबलकारको लागि ७५ करोडको लागत अनुमान गरिएको गुरुङले बताए । सिद्धार्थ केबलकार प्रालीमा १५० जनाको लगानी रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।