१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको पुर्नवास नगरपालिका–५ का पूर्वसहायकमन्त्री लालबहादुर विकलाई आर्थिक सहयोग गरेका छन् । ब्रेनस्ट्रोक रोगले पीडित भई काठमाडौँमा रहेको स्पार्क हेल्थ होम अस्पतालमा लामो समयदेखि उपचार गराइरहनु भएका उनलाई उपचारमा आर्थिक समस्या भएको खबर पाएपछि मन्त्री आलेले अस्पतालमै गएर उपचारका लागि आर्थिक सहयोग गरेका उनका स्वकीय अधिकृत धिमलाल जोशीले बताए ।

उनले भने, “पूर्वमन्त्री बिरामी भएको जानकारी पाएपछि वनमन्त्री आलेले अस्पतालै गएर भेटघाट तथा स्वास्थ्य अवस्था बुझेको र केही आर्थिक सहयोग पनि दिएका छन् ।” विगत लामो समयदेखि मधुमेह तथा उच्च रक्तचापले थला परेका पूर्वसहायकमन्त्री विकको उपचारका लागि अझै पाँच÷छ महिना जति लाग्ने उपचारमा संलग्न चिकित्सकले सल्लाह दिएको उनका ज्वाइँ कमल विकले जानकारी दिए ।

उनको शरीरको दाहिने पाटो नचल्ने अवस्थामा रहेको र बोलीमा प्रष्टता नभए पनि सुधार हुने क्रम जारी रहेको स्पार्क हेल्थ होम अस्पताल डा सुनिल पौडेलले जानकारी दिए । पूर्वसहायकमन्त्री विक जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गराउन पहल गर्ने प्रमुख व्यक्ति रहेको उनका परिवारले जनाएको छ । उनको उपचारमा दैनिक रु आठदेखि नौ हजारसम्म खर्च आउने गरेको बताइएको छ । उपचारमा अर्थाभाव भएपछि उनका परिवारले आर्थिक सहयोगका लागि सबैमा आग्रहसमेत गरेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

व्यवसायिक रुपमा उत्कृष्ट कृषि पशुपालन गरेका ४३ किसान पुरस्कृत विद्युत प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू] नेप्सेमा सामान्य अंकले गिरावट कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग बुटवलमै छ मुलुकको ठूलो जर्मन प्रविधिको विद्युत उद्योग रविको पार्टी निर्वाचन आयोगमा दर्ता चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते भारतमा संक्रमण बढ्दा पनि छैन् सीमानाकामा कडाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग पाल्पामा टिपर दुर्घटना, १ जना घाइते भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै ‘दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ’ नबिल बैंकमा सीईओको कार्यभार ढुंगानाले सम्हाले पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य नेपालले भारतलाई बेच्यो एक महिनामै १ अर्ब ७२ करोड रुपैयाँको विद्युत्