२१ असार २०७९, मंगलवार

Jul 5, 2022

फाइल तस्विर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताए ।

Advertisement

उनले भने, “म सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा जनयुद्ध र जनआन्दोलनका सबै योद्धाहरुलाई शहीद घोषणा गर्ने निर्णय भएको थियो, त्यो पूरा हुन सकेन, तर आजसम्म प्राप्त उपलब्धि शहीदहरुको बलिदान नै हो । ” अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाँसँगै सेना समायोजन संविधान निर्माणलगायतका उपलब्धिलाई सामान्यरूपमा नलिनसमेत आग्रह गरे । उनले थारू समुदायले जनयुद्ध, जनआन्दोलन र मुलुक निर्माणमा पुर्याएको योगदानको चर्चा गर्दै जनयुद्ध दिवसको सन्दर्भमा पार्टीले शहीद र शहीद परिवारलाई सम्मान गर्नेसमेत जानकारी र्दिए ।

बारबर्दिया नगरपालिका बर्दियाका प्रमुख दुर्गाबहादुर थारूले अहिलेसम्म सबैभन्दा बढी नागरिक बेपत्ता पारिएको बर्दिया जिल्ला र जनयुद्धका शहीदहरुलाई राज्यले सम्मान बेवास्ता गरेको बताए । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अनुसार तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) द्वारा विसं २०५२ फागुन १ देखि विसं २०६२ सम्म सञ्चालित जनयुद्धकालमा सबैभन्दा बढी बेपत्ता पारिएको जिल्ला बर्दिया हो ।

तत्कालीन समयमा दुई हजार ५०० बढी व्यक्ति बेपत्ता पारिएको पहिचान गरिएको छ । बर्दिया जिल्लामा मात्रै २५० नागरिक बेपत्ता बनाइएको छ । बारबर्दिया नगरपालिकाले प्रकाशन गरेको आज सार्वजनिक गरिएको जीवनगाथामा ५८० शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते व्यक्तिको जीवनी समेटिएको छ । यसमा ३२८ शहीद तथा मारिएका व्यक्ति, २५० बेपत्ता पारिएका व्यक्ति र १०२ घाइते तथा अपाङ्ग भएका व्यक्तिहरुको जीवनी समेटिएको छ । अधिकारकर्मी तथा लेखक सुशील चौधरी, प्रभुराम थारू र मानबहादुर चौधरीले सम्पादन गरेका सो पुस्तकमा समावेश व्यक्तिहरुको बाल्यकाल, युवाकाल, राजनीतिक अवस्था, घटना विवरण र आर्थिक तथा सामाजिक परिवेशलाई समावेश गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ