ताजा अपडेट »

भिमसेन नेवाः समाज तिलोत्तमाको वार्षिक साधारणसभा

शनिबार, ०१ फागुन २०७७, ०९ : ५७
4 Shares

तिलोत्तमा । ‘नेवारी भाषा र सस्कृतिको जगेर्ना गर्दै नेवाः पहिचान जोगाउ’– भन्ने नाराका साथमा माघ ३० गते शुक्रबार भिमसेन नेवाः समाज तिलोत्तमाको वनभोज कार्यक्रमसहित वार्षिक साधारणसभा भएको छ ।

देशका विभिन्न ठाउँबाट बसाइँसराइ गरि हाल तिलोत्तमा नगरमा बसोबास गर्दै आएका नेवार समुदायहरुलाइ संगठित गरेर नेवारी संस्कृती र परम्पराको जगेर्ना गर्दै आफ्नो जातीय हितको लागि क्रियाशील गर्ने उद्देश्यले भेला आह्वान गरिएको तिलोत्तमा नेवा ःसमाजका अध्यक्ष खिम नारायण श्रेष्ठले बताए । सचिव सितु प्रसाद श्रेष्ठको संचालनमा भएको भेलामा कोषाध्यक्ष धिरज श्रेष्ठले आर्थिक प्रतिवेद प्रस्तुत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।