ताजा अपडेट »

नेकपा ओली समुहद्वारा बुटवलमा आज विशाल जनसभा

शनिबार, ०१ फागुन २०७७, ०९ : ०६
4 Shares

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहले आज शनिबार बुटवल विशाल जनसभाको आयोजना गर्दै छ । बुटवलको सिद्धेश्वर माबीको प्राङ्गनमा आयोजना हुने जनसभाको तयारी पूरा भएको लुम्बिनी प्रदेश प्रचार संयाजक झपिन्द्र जिसीले जानकारी दिए ।

बुटवलमा २ लाख समर्थक उतार्ने दाबी गरिएको जनसभामा रुपन्देही भित्रबाट मात्रै एक लाख समर्थक सडकमा आउने तथा लुम्बिनी प्रदेशका अन्य ११ जिल्लाबाट १ लाख जनता सडकमा आउने आयोजकले बताएका छ । जनसभाका लागि १ हजार बढी स्वयंसेवकहरु खटाइएको छ । मैदानमा जनसहभागितालाई स्थान अभाव हुने अवस्था आएमा त्यस नजिकका सडकहरुमा समेत डिजिटल बोर्ड मार्फत कार्यक्रम हेर्न सकिने व्यवस्था मिलाईएको प्रचार संयोजक जिसीले बताए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी महासचिव विष्णु पौडेल, ओली सरकारका मन्त्रीहरु लेखराज भट्ट र टोप बहादुर रायमाझी तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संबोधन गर्ने कार्यक्रम रहेको छ ।

दिउसो १ बजे सभा सुरुहुनु पूर्व ३ स्थानबाट जुलुस सुरु भई अस्पताल लाईनमा एककिृत हुने र त्यहाँबाट सभास्थल तर्फ प्रवेश गर्ने कार्यक्रम रहेको जीसीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।