ताजा अपडेट »

संसदलाई सक्रिय बनाउन सकिन्छ : देव गुरुङ

शुक्रबार, ३० माघ २०७७, २२ : २१
4 Shares

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य देव गुरुङले निष्कृय संसदलाई सक्रिय बनाउन सकिने बताएका छन् । न्यायलयको प्रक्रियाबाट र राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन सकिने उनले बताए ।

रिपोर्टस क्लब लुम्बिनीले शुक्रबार बुटवलमा गरेको साक्षात्कारमा बोल्दै गुरुङ्गले २०५९ मा राजा ज्ञानेन्द्रद्वारा विघटित संसद राजनीतिक सहमतिमा २०६३ मा सक्रिय बनाइएको उदाहरण पेश गर्दै संविधान विपरित प्रधानमन्त्री र राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभा सक्रिय र पुर्नस्थापना हुन सक्ने दावी गरे । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले राष्ट्रघात र जनघात गरेको आरोप लगाउंदै सबै देशभक्त राजनीतिक दल, नागरिक समाज, मिडिया एक ठाउंमा उभिनुको विकल्प नभएको उनको तर्क छ ।

प्रतिगामी कदम नसच्चिएमा शैन्य शक्ति आकर्षित हुने र देशमा जनबिद्रोह पनि हुन सक्ने दुबै सम्भावना रहेको उनले बताए । पूर्वमन्त्री समेत रहेका नेता गुरुङले देशमा स्थिरता र स्थायित्व कामय गर्न संसदलाई सक्रिय बनाउनु पर्ने उल्लेख गर्दै प्रतिनिधिसभा विघटन गर्दैमा विघटन हुन नसक्ने दावी दाबी गरे । प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले लामो सङघर्षबाट स्थापित लोकतान्त्रिक, गणतान्त्रिक प्रणालीलाई उल्टाएर आफू सर्वशक्तिमान हुन खोजेको आरोप लगाए ।

प्रतिनिधिसभा विघटन गर्ने कदम पश्चगामी भएको दावी गर्दै प्रधानमन्त्रीले फासीवादी र तानाशाही चिन्तन देखाएको आरोप लगाए । प्रतिनिधि सभा विघटनसंगै नेपाललाई क्रिडास्थल बनाउ बिदेशी शक्तिकेन्द्रहरु आर्कषित भएको बताए । उनले वैशाकमा चुनाव हुन नसक्ने समेत दावी गरेका छन् । आगामी वैशाखका लागि घोषणा गरिएका चुनाव संविधान विपरित भएकाले असंवैधानिक रुपमा नेपालमा चुनाव नहुने ठोकुवा गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।